प्रदेश नं ५ लाई मगरात’नाम राख्न संयुक्त मगर मञ्चको माग
८ फागुन, बुटवल । संयुक्त मगर मञ्च नेपालले प्रदेश ५ को नाम ‘मगरात’ हुनुपर्ने माग लाई सार्वजनिक गर्न आज बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरेको छ । संयुक्त मगर मञ्च नेपालका संयोजक एवं नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नवीन रोकामगरले दश वर्षिय जनय’द्ध, २०६२।०६३को जनआन्दोलन रत्यस्तै सरकारले आदिवासी जनजाती महासंघसँग गरेका विभिन्न सम्झौताका आधारमा पनि यो प्रदेशको नामाकरण मगरात राख्नुपर्ने बताए । प्रदेश ५ मा मगर बाहुल्य र ऐतिहासिक कालमा मगरात भूमि भएकाले प्रदेशको नाम मगरात राख्नुपर्ने तर्क मञ्चको छ ।
त्यसैगरी पहिलो संविधानसभाको राज्य पुनःसंरचना तथा राज्य शक्ति बाँडफाँड समितिको प्रतिवेदनले पनि पहिचानका पाँच र सामर्थ्यका चार आधार वमोजिम प्रदेशको नामाकरण गर्न निर्देशन दिएको स्मरण गर्दै प्रदेशको नामाकरण मगरात हुनुपर्ने मञ्चको माग छ ।
त्यस्तै प्रदेश ५ को कुल जनसंख्याको १३ प्रतिशत मगर भएको तथ्याङ्कले देखाएतापनि मगर मोर्चाले १९ लाखभन्दा बढी जनसंख्या रहेको दाबी गरेकोछ । यसअघि ५नं प्रदेशमा मगरात प्रदेशका लागि ११ लाख ७३६ हस्ताक्षर संकलन गरी ५ नं प्रदेशका मुख्यमन्त्री, बुझाएको स्मरण गराउँदै रोकाले फागुन १५ सम्म माग सम्बोधन नभए प्रदेश ५ मा अनिश्चितकालिन हड्ताल गर्ने चेतावनी दिएका छन् । उनले प्रदेशको नामाकरण मगरात बनाउन दबाव दिने उद्देश्यले फागुन १५ गते मगर दिवसलाई आन्दोलनका रुपमा मनाउने तयारी गरेका छन्
ऐतिहासिक मानवपहिचानको आधारमा ५ नं प्रदेशको नाम मगरात प्रदेशका राख्बनको लागि जस्तोसुकै मूल्य चुकाउन र आन्दोलन गर्न तयार छौं,’ उनले भने, ‘अरु प्रदेशमा जस्तो सत्तारुढ दल नेकपाले निर्णय गरेर अन्य नाम राखिए मान्य हुनेछैन ।’ मञ्चले माग सम्बोधनका लागि दबाव दिन मगरातसहितको पहिचान सम्बन्धी १२ वटै जिल्लामा भित्तेलेखन, पर्चा वितरण, प्रदेशका राजनीतिक दल र प्रदेश सांसदलाई ज्ञापनपत्र, दिने र एकसय ९ वटै स्थानीय तहमा अन्तरक्रिया लगायतका कार्यक्रम गरिने संयुक्त मगर मञ्च प्रदेश ५ अध्यक्ष विमल सारुले बताए ‘।
मगर मञ्चमा आवद्ध प्रमुख प्रतिपक्षी कांग्रेस,समाजवादी पार्टी,राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा क्रान्तिकारी माओवादी निकट मगर मुक्ति मोर्चा र आदिवासी जनजाति महासंघले संयुक्तरुपमा प्रदेश ५ प्रदेशका मुख्यमन्त्री र सभामुख लगायतलाई स्मरणपत्र बुझाएका छन् ।
